Sunday, April 12, 2020

धेरै दिनपछि आज कविता लेख्न मनलाग्यो
प्रस्तुत छ प्रेम रसमा आधारित कविता  
"म त रातरी हूँ, तिमी जून जस्ती
मेरो नसामा बगने तिमी खून जस्ती |
तिमी मुस्कुराएउ जगमगायो धर्ति
मुटुमै पलायो माया तिमि पर्ति
तिमी फूल हौ, सधैँ वासना छर्ने
म सुग्न खोज्छु, तर धितै नमर्ने |
दुखे तिमीलाई, मलाई घाउ लागोस
तिम्रा दुख सबै, पर पर भागोस |
तिमी कोइली हौ, मीठो गीत गाउने
तिम्रो स्वोर सुनेर, कैले न अघाउने |
तिमी अप्सरा हौ स्वोर्ग बाट झरेकी
विधाताकै उत्कृष्ट सृष्टिमा परेकी |
हराएउ तिमी खै, याद मै बिलाएउ
मुटु नै निचोरी, प्रेम रस पिलाएउ |"