Sunday, July 23, 2017

तिम्रो माया, मेरो डर!!


हिमाल बाट झरेको जलको धारा जस्तै
आकाशमा झुल्किने अनगिन्ति तारा जस्तै
तिम्रो माया बग्यो यो मनमा, त्यै धारा जस्तै
उदायो तिम्रो तस्बिर मनमा, ती तारा जस्तै !!
...................................................................................................................................................................

आज डराएँ म अलि अलि कराएँ म 
छुटेको साथ जोड्न आज किन डराएँ म 
तिमीलाई छुँदा हिजो तिमी मै हराएँ म 
आज किन तिम्रो नजिक आउन डराएँ म ||

तिम्रो सुन्दर रुप

भन बखान गरूँ
कसरी म तिम्रो?

बगिरहने गंगा झैँ
पवित्र रुप तिम्रो | 
श्वेत हिमाल झै
हँसिलो रुप तिम्रो |
भन बखान गरूँ कसरी म,
त्यो पवित्राको, अनि
त्यो श्वेतता को ?

टुसा पलाएको कोपिला
झैँ कोमल तिमी |
अनि फक्रिएको
फूल झैँ सुन्दर तिमी |
भन बखान गरूँ कसरी म,
त्यो कोमलताको, अनि
त्यो सुन्दरताको?

मेरो जीवनको हरियाली तिमी

मीठो मुस्कान ओठमा लिएर आएउ
मेरो जीवनमा हरियाली बनेर छाएउ |

मीठो मुस्कानले मेरो दिल घायल बनाएउ
हरियाली बनेर अनि मलाई कायल बनाएउ |


घायल दिलको ढुक्ढुकी मै तिमी रमाएउ
अनि मेरो यो जीवन आधा आफ्नो बनाएउ |

तिमी त जीवनमा खुशियाली लिएर आएउ
तिमी त जीवनमा हरियाली बनेर छाएउ ||

खोजी

लक्ष्य सम्म पुर्याउने उपलक्ष्य खोज्दैछु म 
हारलाई जिताउने एक उपहार खोज्दैछु म |
अनर्थलाई निरर्थ बनाउन जीवनको सार खोज्दैछु म 
यहाँको रङ्गमंचमा आफूभित्रै कलाकार खोज्दैछु म ||