Sunday, November 20, 2016

शब्दजाल, मनको हाल, बदलिँदो चाल

"बगेको यो भावलाई एकै ठाउँ समेट्न खोज्दा,
शब्दको जाल बन्यो, मनको अनौठो हाल बन्यो,
बदलिँदो चाल बन्यो, समुन्द्रको छाल बन्यो ||"

..............................................................................................
"मैले त केवल मुटुलाई शब्दमा सारेको, 
उदासी मनको यी शब्दहरुले नै मारेको|
खेल्दा खेल्दै शब्दहरु संग कुराले गम्भीर रुप लियो 
बुझन त्यो त मेरो तिमि प्रतिको गहिरो प्रेम थियो || "
. . . . . . . . . . .. .. . . . .. . . . . . . . . . . . . . .. . . . . .. . . . . . . . . . .
"अर्थ त शब्दको मर्म अनुसार हुन्छ 
मर्म त मानिसको कर्म अनुसार हुन्छ ||"
  . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
"निस्पट्ट अन्धकारमा झुल्कने ताराहरुलाई सोधेर आउ
माथि गडगडाउने कालो बादलहरुलाई सोधेर आउ ||
बिर्सियेछु आफैलाई तिमिमा हराएको मलाई पाउ 
पर्खाईमा छु म तिम्रो आज सबै बन्धन तोडेर आउ ||"
..................................................................................................
आँसु त झार्न सकिएन आँसु रूपी शब्द झरिदियम कि भनेर 
ज्वारभाटा मनका सबको सामु छताछुल्ल पारिदियम कि भनेर ||
.....................................................................................................
यो त लुकेको प्रतिभाको एउटा पाटो मात्र हो |
फुर्सदको समयमा रमाउने एउटा बाटो मात्र हो ||
कमेन्टमात्र होइन Status नै मिलाएर हानेको 
फुर्या-फुरयै छन् कविता कैले जान्दै न जानेको || "
.............................................................................................
"के थ्यो तिम्रो मनभित्र लुकेको कुरा, 
नभनेरै चलाएउ तिमीले यो मनमा छुरा |
त्यो मनबाट मेरो नाम मेटिए जस्तो लाग्छ
माया भन्ने शब्द आजकल निकै सस्तो लाग्छ||"
...............................................................................................
"पूर्वतिर चम्किएको घामको प्रकाशले 
आएर सोध्यो मलाई अनन्त आकाशले,
किन छोड्यो पोल्न तिमीलाई मेरो रापले?
सतायो तिमीलाई कुन र कस्तो तापले ?"
................................................................................................
"त्यो बाटो न हिंड, खतरा छ त्यो बाटो,
हिड्दै न हिडे नि बन्ने छौ लाटो, 
वाह कस्तो बिडम्बना हो यहाँ,
लाटो हुदा नि तेही बाटो, 
बाठो हुदा नि तेही बाटो|| "
.....................................................................................................
"मनभित्र मनै हरायो, कस्तो यो मनको खेल 
मनले गर्यो माया मायाले गर्यो झेल 
माया पिरती यहाँ आफ्नैले गराऊन खोजे फेल
दुनियाको यो रंगमंचको पटरीमा 
गुडीरहेछ मेरो जिन्दगीको रेल ||"
............................................................................................................
"आफु भन्दा आफ्नो आफ्नो लागि को होला जगतमा 
भयो स्वार्थी संसार हट्यो विश्वास आफ्नै रगतमा ||"
..............................................................................................................